MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: Article Culture

Culture

मै ठूली भैछु रे, आइ देउ घुम्टी ओडाइदेउ……"

tijari 2066 rambachchha

गुरुङ जातिको बौन धर्म हिन्दु धर्म संग मेल खाएपनि चाडबाड मनाउने तरिकामा फरक हुने गरेको पाइन्छ । हिन्दु धर्म अनुसार महिलाहरुले तिज पर्व मनाउने गरेका छन भने गुरुङले यसैलाइ तिजरी नाम दिएर छुट्टै तरिकाले तिजरी पर्व मनाउने गरेको पाइन्छ । स्याङजाको वालिङ स्थित रामवाच्छामा रहेका गुरुङहरुले भब्य रुपमा तिजरी पर्व मनाएका छन ।

आलमदेवीको कथा र यसको इतिहास

alamdevi syangja

स्याङजा जिल्लाको रिडी लसर्घा स-साना बान्कि परेका थुम्का थुम्कि, नागबेली परेका नदि नाला, बाँदरे भिरपाखा तथा मनोरम बेशीहरुको प्राकृतिक सौन्दर्यताले गर्दा अत्यन्तै रमणीय देखिन्छ । पूर्बतिर लतमन्न पसारिएका प्रसिद्द हिमाल अन्नपूर्ण र माछापुछ्रे , पश्चिम उत्तर धौलागिरि हिमालको कहाली लाग्दो गगनभेदी उचाईको दृष्यले यसको सुन्दरतामा चार चाँद नै लगाएको छ । तल पट्टी अबिरल बग्ने कालीगण्डकी र यसको सौम्य र शान्त बहाबले त झन् यस्को सुन्दरतालाई झनै निखारी रहेको छ । श्रिनगर डाँडो र तात्कालीन पाल्पाका बडाहाकिम खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा गण्डकीको तिरमा बनाएको रानीमहल जस्तो सामरीक महत्वको दृष्याबलोकन यहाँबाट प्रष्ट गर्न सकिने हुँदा यहाँको सुन्दरता बयान गरेर साध्य नै छैन ।

"आँधिखोले रोइला"एक परिचय

Andhikhola from Helau

नेपालको पश्चिमाञ्चल विकासक्षेत्र स्थित स्याङ्जा जिल्ला लोकगीतका लागि प्रसिद्ध ठाउँहरू मध्ये एक हो। आँधिखोला यस जिल्लाको मुख्य खोलो हो। नेपाली लोकगीतको एउटा भेद रोइला यस क्षेत्रको सांस्कृतिक सम्पदा हो। यस क्षेत्रमा सडक यातायात सुरु हुनुअघि अर्थात् सिद्धार्थ राजमार्ग (सुनौली–पोखरा) बन्नुअघि आँधीखोलाको किनार पोखरादेखि बुटवल (बटौली) सम्मको व्यापारिक मार्गको एउटा खण्ड थियो। लोकगीतको मुख्य क्षेत्र हुनु र व्यापारिक मार्गमा हुनु यी दुई कारणबाट निश्चित रूपमा लोकगीतको प्रसारमा यस क्षेत्रको भूमिका उल्लेख्य छ भन्ने प्रस्टिन्छ।