स्याङ्जा भिरकोट आठथर तमु समाज हङ्कङ्ले यहि २२ अगस्त २०१० का दिन युनलोंग थिएटर हलमा गुरुङ् भाषामा आधारित तथा ओस्कार प्रोडक्सन प्रा। लि। को सातौं प्रस्तुति र शुबास गुरुङ्को लेखन तथा निर्देशन रहेको आस्यों (मावली) चलचित्र भब्यताका साथ प्रदर्शन गरेको छ।
International
Syangjali International News
स्याङ्जा जनसेवा समिति हङ्कङ्को पाचौं अधिवेशन सम्पन्न
यहि १५ अगस्त २०१० का दिन जोर्डनको कङ्गन रेष्टुरेन्टमा स्याङ्जा जनसेवा समिति हङ्कङ्को पाचौं अधिवेशन सम्पन्न भएको छ। सो अधिवेशनले निवर्तमान उपाध्यक्ष कोमल गुरुङ्को अध्यक्षतामा ११ सदस्यीय नयां कार्य समिति चयन गरिएको छ । प्रमुख अतिथि हङ्कङ् नेपाली महावाणिज्यदुत श्री विनोद कुमार उपाध्यायको अनुपस्थितिमा सम्पन्न भएको सो अधिवेशन समितिका अध्यक्ष भक्त गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम समितिकै सचिव भोजेन्द्र गुरुङ्ले सञ्चालन गर्नु भएको थियो।
स्याङ्जा जनसेवा समिति हङ्कङ्को पाचौं अधिवेशनका केही भिडियो क्लिपहरु
स्याङ्जा जनसेवा समिति हङ्कङ्को पाचौं अधिवेशनका केहि भिडियो झलक हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
ईराकको वास्तविकता, र यसले पार्ने दीर्घकालिन असर
हालसालैका केही दिनदेखी सबै संचार माध्यम लगायत सबैतिर चर्चाको बिषय बनेको ईराकबाट ३० हजार नेपाली फिर्ता समाचार, इराकमा काम गर्दै गरेका नेपालीको अपिल र नेपाल सरकारले लिन खोजेको रणनीति हेर्दा यसबाट पर्ने दिर्घकालिन असरको बारेमा कसैले नसोचेको देखिन्छ। आज मात्रै नागरिक न्युजमा प्रकाशित समाचार अनुसार नेपाल सरकारले ईराक प्रबेशमा नेपालीहरु माथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने आसय बुझिन्छ ।
स्याङजा सेवासमाज दोहा कतारद्वारा सहयोग रकम हस्तान्तरण
साउन ८, स्याङ्जा
बैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई आज स्याङ्जाको रापाकोटमा एक कार्यक्रमका विच सहयोग रकम हस्तान्तरण गरीएको छ । २०६६ साल असोज २६ गते सवारी दुर्घटनामा परी कतारम ज्यान गुमाएका रापाकोट १ निवासी सुर्य चापागाईको परिवारलाई "स्याङ्जा सेवा समाज दोहा कतार"ले कतारमा संकलन गरेको रकम हस्तान्तरण गरेको हो ।
More Articles...
Page 1 of 10
International






