MeroSyangja Dot Com

Friday, Sep 10th

Last update02:23:23 AM GMT

You are here: Home

National

Syangja or Syangjali related National News in Nepal

पोखरामा स्याङ्जाली तीजको धमाका

स्याङ्जाली सम्पर्क सदन पोखराको २०६७ सालको तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम २०६७ भाद्र २२ को दिन पोखरामा भब्यताको साथ सम्पन्न भएको छ ।

स्याङ्ग्जा क्याक्मीको लाखेनाच पोखरामा प्रदर्शन

 

गत भाद्र १९ गते शनिवारका दिन पोखरामा केन्द्रिय मानन्धर सम्मेलनका लागि स्याङ्ग्जा जिल्लाको दुर्गम क्याक्मी गाविसमा गठन गरिएको क्याक्मी मानन्धर गुठीबाट क्याक्मी हटियामा परम्परागत बर्षौदेखि नचाइदै आएको लाखे नाच ल्याइएको थियो ।

आँधीखोला तमु समाज पोखराको २०सौं‌ सामाजिक भेला सम्पन्न

मेरोस्याङ्जा डट् कम् को प्रमुख आतिथ्यमा  आँधीखोला तमु समाज पोखराको २०सौं‌ सामाजिक  भेला तथा  चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम आँधीखोला तमु समाजको आफ्नै समाज भवनको प्राङगणमा सम्पन्न भएको थियो । समाजको अध्यक्ष मन बहादुर गुरुङ (मनकामना ७ - डिही) को सभापतिमा सम्पन्न भएको कार्यकम प्रमूख अतिथिको हातबाट दिपप्रज्वालन गरि उद्याटन गरिएको थियो ।  जसको सञ्चानल समाजको सचिब घनाश्याम गुरुङ (मनकामना ५ - बलेउ) ले गर्नुभएको थियो । मेरोस्याङ्जा डट् कम् को प्रतिनिधिको रुपमा www.merosyangja.com का संस्थापक तथा सञ्चालक प्रेम गुरुङ (माझकोट ५ - रानीस्वाँर) रहनु भएको थियो । उक्त भेलामा बिशेष अतिथिको रुपमा जुद्धा बहादुर तमु (माझकोट १ - बुढाकोट) रहनु भएको थियो ।tamupkr

आँधीखोला तमु समाजको घाँटु

ghantuआँधीखोला तमु समाजले यही चैत्र २६ २७ र २८ गते घाँटु नृत्य प्रस्तुत गर्ने भएको छ । नेपालको आदिवासी जनजाति मध्ये गुरुङजाति एक हो । यस जातिमा रहेको परम्परागत संस्कृति मध्ये एक जीवित संस्कृति घाँटु नृत्य हो । जुन गुरुङजातिमा परापूर्वकालदेखि चलि आएको छ । गुरुङजातिमा प्रचलित यो घाँटु नृत्य तीन किसिमको पाइन्छ । सति बाह्रमासे र कुसुण्डा । आँधी खोला तमु समाजले प्रस्तुत गर्न गैरहेको घाँटु सति घाँटु हो । यसमा घटुली कन्या नै हुनुपर्छ र संख्या विजोर हुनुपर्छ ।