मेरोस्याङ्जा डट् कम् को प्रमुख आतिथ्यमा आँधीखोला तमु समाज पोखराको २०सौं सामाजिक भेला तथा चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम आँधीखोला तमु समाजको आफ्नै समाज भवनको प्राङगणमा सम्पन्न भएको थियो । समाजको अध्यक्ष मन बहादुर गुरुङ (मनकामना ७ - डिही) को सभापतिमा सम्पन्न भएको कार्यकम प्रमूख अतिथिको हातबाट दिपप्रज्वालन गरि उद्याटन गरिएको थियो । जसको सञ्चानल समाजको सचिब घनाश्याम गुरुङ (मनकामना ५ - बलेउ) ले गर्नुभएको थियो । मेरोस्याङ्जा डट् कम् को प्रतिनिधिको रुपमा www.merosyangja.com का संस्थापक तथा सञ्चालक प्रेम गुरुङ (माझकोट ५ - रानीस्वाँर) रहनु भएको थियो । उक्त भेलामा बिशेष अतिथिको रुपमा जुद्धा बहादुर तमु (माझकोट १ - बुढाकोट) रहनु भएको थियो ।
National
Syangja or Syangjali related National News in Nepal
National






