राणाकाल मै कलकत्ताबाट उच्चशिक्षा हासिल गरेर स्वदेश फर्केका सरदार भिमबहादुर पाण्डेको नाम नसुन्ने स्याङजाबासीहरु बिरलै होलान् । उनको जन्म हालको वालिङ नगरपालिका वाड नं ८ को खहरे यवादीमा भएको थियो । त्यसबेला उनले बनाएको ३ तले दरबार जस्तो बाँके घर अझैपनि खहरे यवादीमा ज्युँ का त्युँ देख्न सकिन्छ । २००७ सालमा राजा त्रिभुवनको भारत पलायन ताका राणा प्रधानमन्त्री मोहन शम्सेरबाट उनले “सरदारी” को पदबी पाएका थिए । 
Schools
News about Schools and Education of Syangja District
रणवीर जनहित उच्च माबि, वालिङ-८ खहरे संक्षिप्त इतिहास
बिद्यालयलाई आर्थिक सहयोग !
स्याङ्जा जिल्ला वालिङ नगरपालिका-८ स्थित श्री रामबाच्छा प्राथमिक विद्यालय,रामबाच्छालाई हङकङमा बसोबास गरिरहेका स्याङ्जावासी, हङ्कङे नेपाली लगायत अन्य केहि ब्यक्तिहरुले आर्थिक सहयोग प्रदान गरेका छन । यो विद्यालय यातायातको दृष्टिकोंणले पनि सिद्दार्थ राजमार्गकै छेउमा अवस्थित रहेको छ । 
सरकारी विद्यालय जहाँ उच्च शिक्षा पनि निःशुल्क हुन्छ
झट्ट सुन्दा आश्चर्य लाग्छसरकारी विद्यालयमा कक्षा १ देखि प्रविणता तहसम्म निःशुल्क अध्ययन अध्यापन गराइन्छ भन्दा । तर यही भएको छ पश्चिम स्याङजाको केवरे गाविस वडा नं ४ स्थित बालसिद्ध उच्च माध्यमिक विद्यालयमा । कक्षा १ देखी प्रविणता प्रमाणपत्र तहसम्म न त विद्यार्थीले भर्ना शुल्क तिर्नु पर्छ न त पाठ्यपुस्तक किन्नु पर्छ । त्यस विद्यालयमा भर्ना भएपछि प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्दा विद्यार्थीले विद्यालयमा एक पैसा पनि तिर्न पर्दैन ।
जानकी उच्चमावि पकवादी-४ स्याङजाको बिस्तृत इतिहास
वि.सं. २०२० सालमा स्थापित यस श्री जानकी उच्च मावि रहेको ठाउँ, पकवादी ४, अमिलाथुममा विद्यालय स्थापना पूर्व आँप, पिपल, समी आदि रुखहरुको वगैचा रहेकोमा आँपको रुख ढाली खरको छानो भएको तीनकोठे भवन निर्माण गरी पठनपाठन आरम्भ गरिएको विद्यालयका संस्थापक प्रधानाध्यापक गणेश प्रसाद खनालबाट पुष्टि गरिएको छ । तत्कालिन गौमुख गाउँपञ्चायतका प्रधानाध्यापक भविश्वर भट्टराई र गापं सचिव स्व. बिमला खनालको विशेष सकृयतामा स्थानीय शिक्षाप्रेमी सोमन्त अर्याल, टोपिलाल अर्याल, थानपति अर्याल, चुडामणी खनाल आदिको पहलबाट समस्त अभिभावकहरुको सहभागितामा विद्यालय निर्माण गरियो । विद्यालय संचालनको पहिलो आर्थिक श्रोतको रुपमा स्थानीय ब्यक्तिहरुबाट श्रेणिगत रुपमा ६ माना १२ माना र १८ माना चामल उठाइएको पाइन्छ ।
दभूङठाँटी मावि: विगत देखी बर्तमान सम्म
नेपाल आमाका वीर सपुतहरुको प्राणोंत्सर्गका कारण २००७ सालमा प्रजातन्त्ररुपी न्यानो घाम लागेपछि नयाँ उत्साह र उमङ्गको बहार छर्दै २००९ सालमा दभुंग ठाँटी मा.बि.को.स्थापना भएको हो | जसको संस्थापकको रुपमा श्री जहसिह थापा रहनु भएको छ | स्याउलाले दुइपाखे झुपडी बनाएर खरिपाटीमा लेखेर हालको ग.बि.स.भवन नेर बरफेद मुनि र ठाँटीको पौवामुनी पिढीमा राखेर शिक्षाको प्रादुर्र्भाव गरिएको थियो | कक्षा १ देखि ३ सम्म एकै ठाउँमा राखेर पठन पाठन सुरु गर्नमा महत्वपूर्ण योगदान पण्डित गुरु श्री शिवलाल रेग्मीले दिनुभएको पाइन्छ |
More Articles...
Page 1 of 4







