MeroSyangja Dot Com

Friday, Sep 10th

Last update02:23:23 AM GMT

You are here: Home

V.D.C / M.D.C.

About Syangja District, Municipality Development Committee, Village Development Committee

नगरपालिका संक्षिप्त परिचय

पुतलीबजार नगरपालिका :
पूर्वीसिमाना : बाहाकोट, राङभाङ, पौवैगौडे र ठूलाहिडी गाविस
पश्चिमी सिमाना : दरौं, अर्जुन चौपारी र खिलुङदेउराली गाविस
उत्तरी सिमाना : सेतीदोभान, फापरथुम, फेदीखोला र भाटखोला गाविस
दक्षिणि सिमाना : दार्सिङ दहथुम, पेल्काचौर र राङभाङ गाविस ।

छाङछाङदी गाविस एक परिचय

छाङछाङदी गा.बि.स. २०२८ सालमा बराह कालिका गाउँ पञ्चायतबाट  फुटेर  छाङछाङदी गा.पं. र धनुँबासे गा.पं. भएको थियो । २०४६ को प्रजातन्त्र आगमन संगै गाउँ पञ्चायतको अवधारणा हटाई गाउँ विकास समिति(गाबिस) ल्याईएको हुँदा छाङछाङदी गाविस नामाकरण हुन पुगेको हो ।  हाल, धनुबाँसे गाविस वालिङ नगरपालीकामा मिल्न गएकाले गएकाले छाङछाङदी गाविस आफ्नो छुट्टै बिशेषताको आधारमा छाङछाङदी  मन्दिरकै नामबाट गा.बि.स.को न्वारन भएको पाईन्छ | झन्डै चेप्टो आकारमा  रहेको छाङछाङदी गा.बि.स.को सिमानामा पूर्वमा बानेचोक देउराली उत्तर र पश्चिममा दार्सिंग दहथुम तथा दक्षिणमा वालिंग नगरपालिका र स्वरेक गा.बि.स. पर्दछन् |

मेरो सम्झनामा जन्मभूमि बाङेफड्के गा.बि.स.

जन्मभू्मि स्याङजालाई बिश्व सामु चिनाउने र यहाँका कुना कन्दरामा रहेका हरेक जानकारी , इतिहासहरुलाई बाहिर ल्याउने  तथा जन्मभूमिको बेग्लै पहिचान बनाउने अठोटका साथ बिशेष रुपमा अगाडि बढीराखेको यस  मेरोस्यङ्जा डटकम  मार्फत म आफ्नो प्यारो मातृभूमिको बारेमा केही जानकारीहरु लिएर तपाईंहरु सामु उपस्थित भई रहेको छु । आशा छ मलाई अवस्य पनि तपाईंहरुले यस यात्रामा साथ दिनु हुनेछ भन्ने ।

भाट्खोला गा. बि. स. संक्षिप्त चिनारी :

गण्डकी अञ्चल अन्तर्गत  स्याङ्जा जिल्लाको उत्तरी भेगमा पर्ने भाट्खोला गा. बि. स. समुन्द्री सतहबाट सबै भन्दा होचो भाग (२००० फुट ) ६०९.६ मिटर र सबैभन्दा अग्लो भाग (५,५०० फुट) १६७६.४ मिटर सम्मको उचाइमा फैलियर रहेको छ। यस गा. बि. स. को सबै भन्दा अग्लो स्थान मथिल्लो थाम (स्थानिय लबजमा) भन्ने स्थान हो जुन सामुदाइक बनको क्षेत्र भित्र पर्दछ।

फेदिखोला गा.वि.स. एक चिनारी र गन्तब्य

स्याङ्जा जिल्लाको उत्तरी प्रवेशद्वार फेदिखोला गाउँ बिकास समिती स्याङ्जा जिल्लाको उत्तर्-पुर्वमा कास्की जिल्ला सँग सिमाना जोडिएर रहेको गा बि स हो। यो गाबिस समुन्द्र सतहबाट करिब ९०० मिटर देखि १६५० मिटर सम्मको उचाइमा फैलिएर रहेको छ।  एतिहासिक 'पस्चिम ४ नम्बर नुवाकोट' राज्यको उत्तरी खन्ड; पहीलेको देउराली पन्चायत, मटीखान पन्चायत र दामगाडे  पन्चायतको एकमुस्ठ रुप फेदिखोला पन्चायत हुँदै आजको फेदिखोला गाउँ बिकास समिती बनेको हो।

Page 1 of 3

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  Next 
  •  End 
  • »