MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: Article

स्याङजा जिल्लाका गाउँ तथा वस्तीहरु एक झलक

यस जिल्लामा वस्ती विकासको सुरुवात कहिले र कुन क्षेत्रबाट भयो भन्ने कुराको कुनैपनि स्पष्ट र आधिकारिक प्रमाण फेलापार्न सकिएको छैन । खासगरि यहाँका वस्तीहरु समथल फाँट, नदी तथा खोला किनार, खानेपानी तथा घाँस दाउरा सुविधा भएको क्षेत्र, भञ्याङ परेको ठाउँ र सडक तथा मूलबाटोको दायाँ बायाँका ठाउँहरुमा रहेको पाईन्छ । सिद्दार्थराजमार्गको सुरुवातक्रम संगसंगै आँधीखोला किनारै किनारबाट गएको पुरानो मुलबाटो र अन्य जिल्लाहरु संग जोडिएका भञ्याङ तथा चौतारी लगाएत नजिकमा बसेका केहि वस्तीहरु हाल आएर लोपोन्मुख अवस्थामा रहेका छन् । बर्तमान अवस्थामा प्रायजसो सबै गाविसहरुमा कच्ची सडकको सुबिधा पुगेकाले वस्ती विकासको पूर्वाधार निर्माण लगाएत सुविधाको योजनाबद्द व्यबस्थापन हुँदै गएको छ । gaon

राम्दीका बृद्दाहरु बाती-कातेर जिवन गुजारा गर्न बाध्य,परिवारबाट अपहेलीत !

बुढेसकालमा आफ्नै परिवारसंग बसेर सुख दुख बाँडने इच्छा कसको पो नहोला र ? बग्रेल्ती  छोरा छोरी र नाति नातिनाकी हजुर-आमा के गर्दै होलिन्, हामी सहजै अनुमान गर्छौं कि ‘पक्कैपनि बुढेसकालमा छोरा वा नाति नातिनाको निगरानीमा जीवन काड्दै होलिन् भन्ने। सबैको अनुमानलाई गलत सावित पार्दै स्याङ्जाको रामनदी धाम स्थित बृद्धाश्रममा बस्ने सबै बृद्ध बृद्धाहरु परिवारका सबैबाट अलग्गै रही  बृद्धाआश्रमको साहरा लिएर धागोको बत्ति कातेर जिवन जीउन बाध्य छन् । टिनले छाएको अत्यन्तै जिर्ण बृश्राम घरको पिडीमा २/३ जना मिलेर बत्ति कात्ने र  दुख सुख बाँढ्ने उनिहरुको दिनचर्या बनेको छ ।ramdhi dham

तराई पहाड जोडने राम्दी-पुल जिर्ण, सरकारी बेवास्ता

सिद्धार्थ राजमार्ग अन्र्तगतको राम्दी स्थित कालीगण्डकी नदीमा स्याङ्जा र पाल्पा जोड्न निर्माण गरिएको पक्की नमुना फलामे पुल आवश्यक मर्मत सम्भार र सरकारी वेवास्ताका कारण जीर्ण बन्दै गएको छ ।तराई र पहाडलाइ सिधै सम्पर्क गर्न २०२८ सालमा नेपाल भारत सहयोगमा निर्माण गरिएको सिद्धार्थ राजमार्गलाइ जोडने पक्की फलामे पुल विगत २५ वर्षदेखि सरकारले मरमत सम्हार प्रति बेवास्ता गरिदा पुल दिन प्रतिदिन जिर्ण बन्दै गइरहेको छ ।

रणवीर जनहित उच्च माबि, वालिङ-८ खहरे संक्षिप्त इतिहास

राणाकाल मै कलकत्ताबाट उच्चशिक्षा हासिल गरेर स्वदेश फर्केका सरदार भिमबहादुर पाण्डेको नाम नसुन्ने स्याङजाबासीहरु बिरलै होलान् । उनको जन्म हालको वालिङ नगरपालिका वाड नं ८ को खहरे यवादीमा भएको थियो । त्यसबेला उनले बनाएको ३ तले दरबार जस्तो बाँके घर अझैपनि खहरे यवादीमा ज्युँ का त्युँ देख्न सकिन्छ । २००७ सालमा राजा त्रिभुवनको भारत पलायन ताका राणा प्रधानमन्त्री मोहन शम्सेरबाट उनले “सरदारी” को पदबी पाएका थिए ।

merosyangja.com का सम्बन्धमा.......!

हामीलाई नियमित प्राप्तहुने केहि प्रतिक्रियाहरु र कहिलेकाहीं प्राप्तहुने समाचारहरुका सम्बन्धमा केहि कुरा प्रष्ट पारौं भन्ने हेतुले हामी यहाँ केहि कुरा भन्न गैराखेका छौं । हामीलाई कतिपय साथिहरुले पुर्वाग्रही बनेर समाचारहरु दिएको हो कि भन्ने आशंका पनि ब्यक्त गर्नुभएको छ ।

Page 1 of 25

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »