MeroSyangja Dot Com

Thursday, Sep 09th

Last update12:23:12 AM GMT

You are here: Home
message

हार्दिक बधाई !

नेपाल प्रेस युनियन स्याङजाको छैटौं जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको खबरले हामी सबैलाई खुसी तुल्याएको छ । यस सुखद अवसरमा सर्वप्रथम त निर्वाचित सम्पूर्ण सहकर्मी अर्थात सञ्चारकर्मी साथीहरुलाई हामी हार्दिक धन्यबाद दिन चाहन्छौं । बिगतका केहि बर्षहरु देखि स्याङजा जिल्लाको सञ्चार क्षेत्रले उल्लेखनिय फड्को मारेको कुरा सबैका सामु छर्लङ्ग नै छ ।

हार्दिक समबेदना !

आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड तथा मेरोस्याङजा डटकम परिबार
स्याङ्जा
हार्दिक समवेदना !
दाङ्को तुल्सीपूरमा रहेको सामूदायिक रेडियो तुल्सीपूरका अध्यक्ष हेमराज धितालको विहिवार साँझ गोली प्रहार गरी हत्या गरिएको खवरले सामूदायिक रेडियो आँधीखोला परिवार तथा मेरोस्याङजा डटकम परिबार स्तव्ध भएको छ ।

धन्यबाद मेरोस्याङजा डटकम !

बिगतका केहि समय देखि मेरोस्याङजा डटकम ले निरन्तर रुपमा प्रकासन गर्दै आएका देश बिदेशका खबरहरु लगाएत समाज सेवामा अग्रसरता देखाउनु हुने दाताहरुको समाचारले हामी स्याङजालीहरुलाई उत्साहित तुल्याएको छ । समाज सेवाका हकमा हामी पनि कोहि भन्दा कम छैनौं भन्ने कुराको प्रमाण मेरोस्याङजा डटकम मा प्रकासित भएका खबरहरुले प्रष्ट पार्छ ।

बेलायत निवासी पेल्काचौरे तथा छिमेकी गाँउलेहरुलाई शुभकामना !

आज बेलायतमा हुन गईरहेको "पेल्काचौरे तथा छिमेकी गाँउले भेटघाट कार्यक्रम"को पूर्ण सफलताको लागि मेरोस्याङजा डटकम का तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छौं । साथै यस कार्यक्रमले बेलायतबासी समस्त गाँउलेहरु बिचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भन्नेकुरामा हामी विश्वस्त छौं । स्वदेश तथा बिदेशमा बस्नुहुने समस्त स्याङजाबासीहरु बीचको सदभाब र भाईचारालाई अभिबृद्दी गर्दै आफ्नो गाँउ ठाउँको बिकाश गर्नमा सबै उत्प्रेरित होउन् भन्ने कामना समेत गर्दछौं‌ ।

मेरोस्याङ्जा डट् कम परिवार
शनिबार, १० जुलाई २०१०

राधाकृष्ण डुम्रेलाई हार्दिक वधाई

 

Radha Krishna Dumre

सामूदायिक रेडियो आँधीखोला वालिङ स्याङ्जाका समाचार प्रमूख श्री राधाकृष्ण डुम्रे नेपाल सरकार सूचना तथा साचार मन्त्रालय मार्फत सूचना तथा सञ्चार मन्त्रालय अन्तरगतका निकायहरुवाट सम्पादन गरिने कार्यहरुको प्रभावकारिता अभिवृद्धीको कार्य अनुरुप स्थानिय समन्वय समितिको सदस्य पदमा मनोनित हुनु भएकोमा हर्दिक धन्यवाद प्रकट गर्दछौ । साथै उहाँको कार्यकालको सफलता शुभकामना व्यक्त गर्दर्छौ ।

मेरो स्याङ्जा डट् कम

Page 1 of 4

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  Next 
  •  End 
  • »